जापानबाट एस्ट्राजेनेकाको थप २ लाख डोज खोप नेपाल आइपुग्यो

 

 

 

काठमाडौँ, ५ भदौ । जापान सरकारले कोभ्याक्स सुविधा अन्तरगर्त नेपाललाई दिने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये २ लाख ८ हजार ७ सय डोज खोप आज नेपाल आइपुगेको छ।

यसअघि दुइपटक गरेर ९ लाख डोज खोप आइसकेको छ। अब आउन बाँकी रहेको खोप भदौ ७ गते नेपाल आउने बताइएको छ।

यसअघि आएको खोप कोभिसिल्ड  दोस्रो डोज लगाउन नपाएका करीव साढे ९ लाख जेष्ठ नागरिकले लगाइसकेका छन् । अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *