राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र प्रमुखको जिम्मेवारी केशव पण्डितलाई

काठमाडौँ, ४ भदौ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको प्रमुखको जिम्मेवारी जनस्वास्थ्य प्रशासक केशव पण्डितले पाएका छन् । एघारौँ तहमा बढुवा भएको पण्डितलाई पदस्थापन गर्दै तालिम केन्द्रमा पठाइएको हो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै पण्डितलाई प्रमुखको जिम्मेवारी दिइएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले बताए ।

तालिम केन्द्रका निर्देशक डा यदुचन्द्र घिमिरेलाई हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा फर्काइएको छ । यसअघि घिमिरे सोही ठाँउबाट काजमा तालिम केन्द्रमा आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *