स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुखमा रीता भण्डारी

काठमाडौँ, ४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुखको जिम्मेवारी रीता भण्डारी जोशीलाई दिइएको छ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार राज्यमन्त्री स्तरीय निर्णय गर्दै भण्डारी जोशीलाई उक्त जिम्मेवारी दिएका हुन्। यसअघि कर्णाली प्रदेश स्वास्थ्य निर्देशक रहेकी भण्डारी गत एक वर्षदेखि जिम्मेवारी विहीन थिइन्।
त्यस्तै मन्त्रालयले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको जिम्मेवारी केशव पण्डितलाई दिएको छ। तालिम केन्द्रका निर्देशक डा यदुचन्द्र घिमिरेलाई हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रमुखको जिम्मेवारी दिइएको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




