डा. ऋषिराम कोइरालाको अवस्था चिन्ताजनक : ह्याम्स अस्पताल

काठमाडौँ, ३२ साउन । धुम्वाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत बरिष्ठ आयुर्वेद चिकित्सक डा ऋषिराम कोइरालाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । केही सञ्चारमाध्यममा डा कोइरालाको निधन भएको समाचार सार्वजनिक गरेका थिए ।

अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले आफूले भर्खरै (अपरान्ह ५ बजे) स्वास्थ्य अवस्था बुझेर आएको भन्दै डा कोइराला उपचारकै क्रममा रहेको स्पष्ट पारेका छन् । ‘उहाँको अवस्था चिन्ताजनक हो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ब्रेन डेथ भएको हो कि भन्ने अनुमान पछि छ । तर त्यसको निस्कर्षमा हामी पुगिसकेका छैनौं । उहाँका छोरा पनि यहि अस्पतालमा काम गर्नु हुन्छ । डाक्टर नै हुनुहुन्छ । उहाँहरुले हेरि राख्नु भएको छ,’ निर्देशक डा शर्माले भने ।

उनले हृदयघात भएपछि गंगालाल अस्पताल लगेर सीपीआर दिएर अचेत अवस्थामा आफ्नो अस्पतालमा ल्याइएको समेत बताए । ‘उहाँलाई यहाँ ल्याए देखि नै अचेत हुनुहुन्छ । अवस्था चिन्ताजनक हो । तर उहाँको अहिले पनि उपचार भइरहेको छ’ डा शर्माले थपे ।

डा कोइराला आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष हुन् । उनले २३ वर्ष सरकारी सेवामा विताएका थिए ।

गत २३ साउनमा हृद्धयघात भएपछि उलनाई शुरुमा गंगालाल लगि थप उपचारका लागि ह्याम्समा ल्याइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *