चिनियाँ अनुदानको १६ लाख भेरोसेल र जापानबाट ८ लाख एस्ट्राजेनेका खोप भदौको पहिलो साता आईपुग्ने

काठमाडौँ, ३२ साउन । आगामी भदौको पहिलो सातासम्म चीन र जापानबाट गरी कुल २४ लाख डोज कोभिडबिरुद्धको खोप काठमाडौँ आईपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट अनुदानमा प्राप्त १६ लाख डोज भेरोसेल खोप र जापानबाट कोभ्याक्स सुविधा अन्तरगर्त प्राप्त १६ लाख डोजमध्येको बाँकी ८ लाख डोज एस्ट्राजेनेका खोप आउन लागेको हो ।

मन्त्रालयका अनुसार चिनियाँ खोप आगामी २ र ३ भदौमा ८ ८ लाखका दरले ल्याइदै छ । जापानबाट बाँकी रहेको ८ लाख डोज एस्ट्राजेनेका आगामी ६ र ८ भदौमा चार चार लाखको दरले आउने छ ।

गत २९ असारमा सत्ताबाट बाहिरिदै गर्दा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नामा सम्वोधन गर्ने क्रममा चीनबाट थप १६ लाख डोज खोप अनुदानमा आउने खुलासा गरेका थिए । तर, चीनको तर्फबाट भने सो सम्वन्धी जानकारी १ साउनमा मात्रै गरिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्न पुगेकी नेपालस्थित चिनियाँ राजदूत हउ यान्छीले थप १६ लाख डोज भेरोसेल अनुदानमा दिन लागेको बताएकी थिइन ।

यसअघि जापानबाट साउन २३ र २४ गते क्रमश ५ लाख ४८ हजार र २ लाख ५२ हजार डोज गरी कुल ८ लाख डोज एस्ट्राजेनेका खोप आएको थियो । त्यतिबेला नै भुटानबाट २ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप आएको थियो ।

जापान र भुटानबाट आएको खोपबाट सरकारले पाँच महिना अघि पहिलो डोज कोभिसिल्ड खोप लगाई दोस्रो दोडबाट बन्चित भएका साढे ९ लाख बढी जेष्ठ नागरिकसहित १३ लाख ६८ हजार व्यक्तिलाई खोप दिन सुरु गरेको छ । सो खोप दिने अभियान अहिले पनि जारी छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *