शुक्रबार थपिए ३९१५ जना कोरोना संक्रमित, २११८ संक्रमणमुक्त

काठमाडौँ, २९ साउन । शुक्रबार देशभर थप ३ हजार ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ हजार १ सय १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप २७ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ११ हजार ७ सय ८ जनाको पीसीआर बिधीबाट र ६ हजार ८ सय ७४ जनाको एन्टीजेन बिधिबाट गरी कुल १८ हजार ५ सय ८२ जनाको नमुना परीक्षण भएको छ । जसमा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ७९९, भक्तपुरमा १६२ र ललितपुमा १२८ जना गरी काठमाडौँ उपत्यकामा १ हजार ८९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ७३६ र भेन्टीलेटरमा १८६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *