औषधि उत्पादक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित

काठमाडौँ, २९ साउन । नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित भएका छन् । एपोनको आइतबार (आज) सम्पन्न २७ औँ अधिवेशनबाट पाण्डे सर्वसम्मित रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि एपोनको अध्यक्षमा जी नारायण बहादुर क्षेत्री निर्वाचित भएका थिए ।

यस्तै अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा निर्वाचित गरेको छ ।

सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवटेवाल, सुदिप प्रधान र गणेश पाठक निर्वाचित भएको एपोनका नव निर्वाचित उपाध्यक्ष सन्तोष बलालले जानकारी दिए ।

दुई दुई बर्षमा नयाँ पदाधिकारी चयन हुने एपोनमा ६६ जना सदस्य रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *