त्रिविका ६० हजार परीक्षार्थीलाई कोभिडबिरुद्धको खोप दिईने

काठमाडौँ, २७ साउन । सरकारले त्रिभुवन विश्वविद्यालयका विभिन्न संकाय र त्यसका तहमा परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई कोभिड खोप उपलव्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिव स्तरीय निर्णय गर्दै परीक्षा दिने क्रममा रहेका ६० हजार विद्यार्थीलाई खोप उपलव्ध गराउने भएको हो । तर, खोप लिनका लागि विद्यार्थीहरुले परीक्षाका लागि वितरित प्रवेश पत्र देखाउनु पर्ने हुन्छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तका खोप शाखा प्रमुख डा झलक गौतमले आजको निर्णय पछि त्रिवि अन्तरगर्तका विभिन्न संकाय र तहमा परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुले खोप पाउने बताए ।

‘कतिपयले विद्यार्थी परिचय पत्र लग्नु होला । तर त्यसले भने खोप पाईदैन । यो परीक्षार्थीहरुलाई मात्रै उपलव्ध गराईने हुनाले परीक्षाकै प्रवेश पत्र अनिवार्य रुपमा चाहिन्छ,’ उनले भने ।

सोमबार मात्रै सत्ता पक्षका पाँच विद्यार्थी संगठनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षा दिन लागेका विद्यार्थीहरुलाई त्यसअघि नै खोप उपलव्ध गराउन माग गरेका थिए । राज्यमन्त्री श्रेष्ठले त्यसबेला आफू विद्यार्थीको मागमा सकारात्मक रहेको भन्दै दुई दिन पर्खन भनेका थिए ।

उनैको निर्देशन पछि आज सचिवस्तरीय निर्णय भएको मन्त्रालय स्रोतको भनाई छ ।

डा गौतमले विद्यार्थीहरुलाई पहिलो डोज कहिलेबाट सुरु गर्ने भन्ने जिल्लाहरुले योजना गर्ने बताए ।

‘सकभर छिटो गर्नुहोला । हामीले पनि आजै सबै प्रदेशहरुलाई पत्र मार्फत यस सम्वन्धी जानकारी गराउँदै छौँ । प्रदेशहरुले जिल्लासंग समन्वय गरि खोप सञ्चालन गर्ने मिति तय गर्ला । तर सकभर छिटो नै हुन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *