चौबिस घण्टामा थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

काठमाडौँ, २५ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २२ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार १० हजार ४ सय ४५ जनाको पीसीआर बिधीबाट र ६ हजार १ सय ४९ जनाको एन्टीजेन बिधिबाट गरी कुल १२ हजार ३७८ जनाको कोभिड १९ परीक्षण भएकोमा ३ हजार ६ सय ५१ जनाको रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ६२४ , भक्तपुरमा १७० र ललितपुरमा १६५ जना गरी काठमाडौँ उपत्यकामा ९५९ जना थपिएका छन् ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ रहेको छ । त्यसैगरी आज थप १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ७४१ र भेन्टीलेटरमा १८६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला १६ र २ सय भन्दा धेरै संक्रमित रहेको जिल्ला २१ रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *