कोभिसिल्ड लगाएका ६५ वर्ष माथिका नागरिकलाई पाँच महिना पछि दोस्रो डोज दिईदै

काठमाडौँ, २५ साउन । कोभिडविरुद्धको खोप कोभिसिल्ड लगाएका ६५ वर्ष माथिका नागरिकले पाँच महिना पछि दोस्रो डोज खोप लगाउँदै छन् । भुटान र जापानबाट एस्ट्राजेनेका खोप आएपछि पाँच महिना अघि कोभिसिल्ड लगाएका ६५ बर्षमाथिका साढे नौ लाख सहित १३ लाख ६८ हजार व्यक्तिलाई दोस्रो डोज दिईन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आजैबाट बागमती, गण्डकी र लुम्बिनीमा कोभिसिल्ड लगाएका जेष्ठ नागरिकहरुलाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका दिईने बताएको छ । महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा झलक गौतले कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजै खोप जादै गरेको र भोलि पर्सीबाट त्यहाँ पनि दोस्रो डोज खोप सुरु हुने बताए । उनले प्रदेश नं १ र २ मा भने केही दिन पछि यो अभियान सुरु हुने बताए ।

अहिले पाँच वटा प्रदेशमा पाँच महिना अघि पहिलो डोज लगाएको संख्यालाई पुग्ने गरी एस्ट्राजेनेका खोप पठाइएको समेत उनले स्पष्ट पारे ।
यसअघि भारतको सेरम इन्स्टिच्युटबाट उत्पादित कोभिसिल्ड निर्यातमा रोक लागेपछि दोस्रो डोज खोप लगाउनबाट बन्चित भएका थिए ।

पछिल्लो समय भुटानबाट २ लाख ३० हजार र जापानले कोभ्याक्स सुविधा अन्तरगर्त १६ लाख डोज खोप दिए पछि दोस्रो डोज लगाउने अवसर मिलेको हो ।

यसैबीच स्वास्थ्य कार्यालय काठमाडौँले पनि जिल्लामा आजबाट कोभिसिल्डको दोस्रो डोजको रुपमा एस्ट्राजेनेका खोप दिने बताएको छ । त्यसका लागि जिल्लाभर १४४ खोप केन्द्र तोकिएको छ ।

सरकारले गत २३ फागुन देखि पहिलो चरणको दोस्रो प्राथमिकता निर्धारण गर्दै ६५ बर्षमाथिका नागरिकलाई कोभिसिल्ड खोप दिएको थियो । त्यसबेला करीव १२ दिन सो अभियान चलेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *