देशभर थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौँ, २३ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप १९ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ८ हजार ८६६ जनाको पीसीआर बिधीबाट र ४ हजार ७०७ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ५७३ जनाको कोभिड १९ परीक्षण भएकोमा ३ हजार २ सय १८ जनाको रिपोट पोजेटिभ आएको हो ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ । त्यसैगरी आज थप १ हजार ७ सय २२ जना संक्रमणमुक्त भएका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ७४६ र भेन्टीलेटरमा १६९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *