देशभर थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौँ, २३ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप १९ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ८ हजार ८६६ जनाको पीसीआर बिधीबाट र ४ हजार ७०७ जनाको एन्टीजेन बिधिबाट गरी कुल १३ हजार ५७३ जनाको कोभिड १९ परीक्षण भएकोमा ३ हजार २ सय १८ जनाको रिपोट पोजेटिभ आएको हो ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ । त्यसैगरी आज थप १ हजार ७ सय २२ जना संक्रमणमुक्त भएका छन् ।
देशभरका कोभिड अस्पतालका आइसीयूमा ७४६ र भेन्टीलेटरमा १६९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



