‘बुझ तिम्रो छाती भित्र अमृतको घडा नै छ’….

राधा भट्टराई

छोरी अनि बुहारीलाई एउटा सन्देश भन्छु आज
सुनी राखौं, बुझी राखौं स्तनपान सप्ताह चलिराछ ।
जन्मेपछि आमाको दुध खान पाउने अधिकार
आमा बन्ने यस्तो मौका कहाँ मिल्छ बारम्बार ।।

शुरुको त्यो विगौती दुध बच्चालाई अमृत समान
रोगसंग लड्ने शक्ति यसमै हुन्छ सबले जानम ।
जन्मेको एक घण्टा भित्र दुध चुसाउनु शिशुलाई
सुत्केरी आमालाई सहयोग सहयोग गरौँ उचित बाताबरण मिलाई ।।

जन्मेको छ महिनासम्म आमाकै मात्र दुध खुवाउ
झोलिलो चिज आमाले खाई दुध बच्चालाई पुरयाउ ।
दुई बर्षसम्म स्तनपान गराउनु है निरन्तर
स्वस्थ हुन्छ शिशु, अनि आमा बन्छिन सुन्दर ।।

‘पढाई हुन्छ, जागिर हुन्छ, भ्याउदिन म खुवाउन’
आमाको कर्तव्य हो दुध खुवाउने पाईदैन है त्यसो भन्न  ।
स्तनपान गराउँदा तनाव घट्ने मन शान्त हुने
स्तनपानले आमा बच्चा दुबैलाई फाइदा हुने ।।

नियमित स्तनपानले स्तन क्यान्सर रोक्न सक्छ
आमासंगै बच्चा पनि राम्रो सुन्दर स्वस्थ हुन्छ ।
बच्चा स्वस्थ भएपछि हुर्काउन गाह्रो हुन्न
आमाको दुध खाने बच्चा स्वस्थ हुन्छ रोगले छुन्न ।।

हरियो सागपात खानु फलफूल अनि दुध खानु
नवजात शिशुलाई आफ्नै दुध पुरयाउनु ।
तिमिले खाएको खानाबाट बच्चालाई दुध बन्छ
बुझ तिम्रो छाती भित्र अमृतको घडा नै छ ।।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *