भुटानबाट आज तीन लाख डोज एस्ट्राजेनेका खोप आउँदै

काठमाडौँ, २२ साउन । भुटानबाट आज तीन लाख डोज कोभिडबिरुद्धको खोप एस्ट्राजेनेका आउने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले भुटानको पारोबाट खोप बोकेर ड्रुक एयरको कार्गो विमान विहान ९ : ४० मा काठमाडौँ अवतरण गर्ने जनाएको छ ।

यसअघि स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएको थियो । तर एक दिन अघि नै भुटानले खोप पठाएर सहयोग गरेको छ । ‘साढे ९ बजे तिर खोप आईपुग्छ । हामीले उपत्यका र आसपासको क्षेत्रमा आजै वितरण गर्नेछौँ,’ विभागका खोप शाखा प्रमुख डा झलक गौतमले भने ।

भुटानबाट एस्ट्राजेनेका खोप आउने भएकोले यो खोप कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिईदै छ ।

खोप नपाएका कारण अहिलेसम्म साढे ९ लाख बढी जेष्ठ नागरिक सहित १३ लाख ३८ हजार बढीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *