अनलाइन दर्ता हुनेले क्यूआर कोड सहितको खोप प्रमाणपत्र पाउने

2.4k
Shares

काठमाडौँ, २१ साउन । अनलाइनमा दर्ता भएर कोभिडबिरुद्ध खोप लगाउनेहरुका लागि सरकारले क्युआर कोडसहितको प्रमाणपत्र उपलव्ध गराउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विहीबार देखि सो सेवाको सुरु गरेको जनाएको छ ।

तर यो सेवा प्रमाणपत्र पाउनका लागि खोप लगाएको व्यक्तिले अनलाइन दर्ता हुनुपर्दछ ।

‘अनलाइनमा सबै विवरण भरेपछि खोप लगाएको मात्रा समेत पुरा हुनासाथ प्रमाणपत्र पाउने व्यवस्था हुन्छ ।  खोप मात्रा पुरा भए लगत्तै अनलाइनबाट प्रमाणपत्र लिन मिल्छ,’ खोप शाखा प्रमुख डा झलक गौतमले भने ।

विहीबार आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा आरपी विच्छाले क्युआर कोडसहितको प्रमाणपत्र उपलव्ध हुने व्यवस्थाको शुभारम्भ गरे ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *