अनलाइन दर्ता हुनेले क्यूआर कोड सहितको खोप प्रमाणपत्र पाउने
काठमाडौँ, २१ साउन । अनलाइनमा दर्ता भएर कोभिडबिरुद्ध खोप लगाउनेहरुका लागि सरकारले क्युआर कोडसहितको प्रमाणपत्र उपलव्ध गराउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विहीबार देखि सो सेवाको सुरु गरेको जनाएको छ ।
तर यो सेवा प्रमाणपत्र पाउनका लागि खोप लगाएको व्यक्तिले अनलाइन दर्ता हुनुपर्दछ ।
‘अनलाइनमा सबै विवरण भरेपछि खोप लगाएको मात्रा समेत पुरा हुनासाथ प्रमाणपत्र पाउने व्यवस्था हुन्छ । खोप मात्रा पुरा भए लगत्तै अनलाइनबाट प्रमाणपत्र लिन मिल्छ,’ खोप शाखा प्रमुख डा झलक गौतमले भने ।
विहीबार आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा आरपी विच्छाले क्युआर कोडसहितको प्रमाणपत्र उपलव्ध हुने व्यवस्थाको शुभारम्भ गरे ।
सम्पर्क इमेल : [email protected]