चौबिस घण्टामा थप ३९३८ जनामा संक्रमण पुष्टि, ३७ जनाको मृत्यु
काठमाडौँ, २१ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप ३७ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ११ हजार ८७० जनाको पीसीआर बिधीबाट र ६ हजार ५ सय ३८ जनाको एन्टीजेन बिधिबाट गरी कुल १८ हजार ४ सय ८ जनाको कोभिड १९ परीक्षण भएकोमा ३ हजार ९ सय ३८ जनाको रिपोट पोजेटिभ आएको हो ।
जसमध्ये काठामाडौँमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जना गरी काठमाडौँ उपत्यकामा १ हजार ७५ जना थपिएका छन् ।
त्यसैगरी आज थप २ हजार १२ जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ७१३ र भेन्टीटरमा १५८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]