जापानबाट शनिबार र आइतबार गरी १६ लाख डोज एस्ट्राजेनेका खोप आउँदै

काठमाडौँ, २० साउन । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख डोज एस्ट्राजेनेका खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार काठमाडौँ आईपुग्ने भएको छ ।

नेपालस्थित जापानी दुतावासले बुधबार बेलुका विज्ञप्ती मार्फत सो जानकारी दिएको हो ।

दुतावासका अनुसार आज (बिहीबार) र पर्सी शुक्रबार जापानबाट हवाइ मार्गबाट ती खोप ढुवानी सुरू हुने छ । बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड–१९ खोप अभियानमा जापान निर्मित एस्ट्राजेनेका खोप उपयोग हुने विश्वास नेपालका लागि जापानका राजदूत किकुटा युराकाले व्यक्त गरेका छन् ।

महामारीको वर्तमान कठिन परिस्थितिमा नेपाल सरकारसँग हातेमालो गर्दै धेरैभन्दा धेरै नेपालीको जीवनरक्षा तथा महामारीपछिको सामाजिक एवं आर्थिक पुनरुत्थानमा सहकार्य गर्न जापान तयार रहेको राजदूत किकुटाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जापानले नेपाललाई कोभ्याक्स सुविधा मार्फत यो परिमाणमा खोप उपलव्ध गराउन लागेको हो ।

यो खोप आईसकेपछि पहिलो डोज कोभिसिल्ड लगाई दोस्रो डोज लगाउन नपाएका करीव साढे ९ लाख जेष्ठ नागरिकसहित १३ लाख ३८ हजार बढीले दोस्रो डोज लगाउन पाउनेछन् ।

त्यसो त शनिबार नै भुटानले पनि नेपाललाई ३ लाख डोज एस्ट्राजेनेका खोप पठाउँदै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *