सरकारी पक्ष र बीपी प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित ( सहमतिका बुँदा सहित)

काठमाडौँ, २० साउन । सरकारी वार्ता टोली र संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सेवा नै ठप्प पार्ने पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।

बुधबार विहान सरकारी बार्ता टोली र संयुक्त संघर्ष समितिबीच सहमति भएपछि आज देखि गर्ने भनिएको सेवा ठप्प पार्ने आन्दोलनका कार्यक्रम स्थगित भएको हो ।

‘हिजो र आजको बार्तापछि छ बुँदे सहमति भएको छ । अव पूर्वघोषित आन्दोलनका कार्यक्रम पनि स्थगित गर्ने निर्णय भएको छ,’ सरकारी बार्ता टोलीका संयोजक डा कृष्णप्रसाद पौडेलले भने ।

यसअघि संघर्ष समितिले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम दिएको थियो । संघर्ष समितिमा रहेका चिकित्सक, विद्यार्थी तथा कर्मचारीले माग पूरा नभए बुधबारबाट स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए।

सरकारले खटाएको डाक्टर कृष्णप्रसाद पौडेल नेतृत्वको वार्ता टोली र आन्दोलनकारीबीच मंगलबारदेखि चलेको वार्ताले अहिले बिहान निष्कर्ष पाएको हो ।

यस्तो छ सहमति

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *