देशभर थपिए ३१२५ जना कोरोना संक्रमित, २३ जनाको मृत्यु

काठमाडौँ, १८ साउन । पछिल्लो चौबिस घण्टामा देशभर ३ हजार १ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप २३ जनाको मृत्यु भएको छ । त्यसैगरी आज थप १ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन् ।।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार आज थप १० हजार ६ सय १३ जनाको पीसीआर बिधिबाट र ३ हजार १ सय ९८ जनाको एन्टीजेन विधिबाट गरी १३ हजार ८ सय ११ जनाको कोभिड १९ परीक्षण भएकोमा ३ हजार १ सय २५ जनाको रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठामाडौँमा ५५६, भक्तपुरमा ९९ र ललितपुरमा १५१ जना गरी काडमाडौँ उपत्यकामा ८०६ जना थपिएका छन्

यो संगै हालसम्म नेपालमा कुल ३६ लाख २२ हजार ४ सय ८० पीसीआर बिधिबाट परीक्षण हुदा कुल ६ लाख ९९ हजार ६ सय ४९ र ३ लाख २५ हजार ७ सय ९९ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएकोमा ६२ हजार ७ सय ८३ जनामा संक्रमण भएको छ । जसमा कुल ६ लाख ५८ हजार १ सय २२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ । कुल मृतकको संख्या भने ९ हजार ८ सय ९८ पुगेको छ ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ६९० र भेन्टीटरमा १७५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *