स्वास्थ्य सचिव लक्ष्मण अर्यालको सरुवा

काठमाडौँ, १७ साउन । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सरूवा गरेको छ ।

हिजो बसेको  क्याबिनेट बैठकले सचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा सरुवा गरेको स्रोतले जनाएको छ ।

यही साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवा तर्फका डा.रोशन पोखरेललाई स्वास्थ्य सचिवमा बढुवा गरेको थियो । उनी आएसंगै प्रशासान तर्फका सचिव अर्याललाई मन्त्रिपरिषद्‌को कार्यालय तानिएको हो ।

उनी अघिल्लो वर्षको जेठ १५ देखि स्वास्थ्य सचिवका रुपमा मन्त्रालयमा कार्यरत थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *