स्वास्थ्य सचिव लक्ष्मण अर्यालको सरुवा

काठमाडौँ, १७ साउन । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरेको छ ।
हिजो बसेको क्याबिनेट बैठकले सचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा सरुवा गरेको स्रोतले जनाएको छ ।
यही साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवा तर्फका डा.रोशन पोखरेललाई स्वास्थ्य सचिवमा बढुवा गरेको थियो । उनी आएसंगै प्रशासान तर्फका सचिव अर्याललाई मन्त्रिपरिषद्को कार्यालय तानिएको हो ।
उनी अघिल्लो वर्षको जेठ १५ देखि स्वास्थ्य सचिवका रुपमा मन्त्रालयमा कार्यरत थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



