वीर र टेकु अस्पतालमा कोभिडबिरुद्धको खोप लगाउने कार्यक्रम स्थगित

काठमाडौँ, १६ साउन । वीर अस्पताल र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)मा आइतबार (भोलि) देखि कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने कार्य बन्द गरिएको छ ।

ती केन्द्रहरुमा लक्षित समूह भन्दा बाहिरका व्यक्तिहरुको घुसपेठ नियन्त्रण गर्न कठिन भएको र अस्पतालमा कोभिडका बिरामीमो चाप बढ्न गएको भन्दै खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

काठमाडौँका छ वटा अस्पताल र अरु ४२ वटा खोप केन्द्रमा खोप निरन्तर
यसैबीच स्वास्थ्य कार्यालयले आइतबार थापाथलीस्थित प्रसूतीगृह, काठमाडौँ मेडिकल कलेज सिनामंगल, निजामती कर्मचारी अस्पताल मिनभवन, शिक्षण अस्पताल महाराजगञ्ज, राधाश्वामी आईसोलेसन सेन्टर सामाखुशी र सशस्त्र प्रहरी बल बलम्बु गरी ६ स्थानमा अतयावश्यक सेवाका व्यक्तिहरुलाई पहिलो मात्रा भेरोसेल खोप दिईने कार्यक्रम यथावत रहेको जनाएको छ ।

यस्तै महानगरपालिकाको ३२ वटा केन्द्र र अरु १० वटा नगरपालिकाको खोप केन्द्रहरुमा पनि खोप लगाउने कार्य निरन्तर भएको स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ ।

काठमाडाँैमा भेरोसेलको पहिलो मात्रा लगाउने कार्य यो पटक १४ साउन देखि १८ साउनसम्म तोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *