दर्ता विना नै प्राक्टिस गरेको आरोपमा ओमकार डेन्टल अस्पतालबाट एक भारतीय डाक्टर सहित ४ जना पक्राउ

फाईल फोटो

काठमाडौँ, १६ साउन । नेपाल मेडिकल काउन्सिलबाट दर्ता स्वीकृति नलिई प्राक्टिस गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चावहिलस्थित ओमकार डेन्टल प्रालिबाट एक जना भारतीय डाक्टर सहित चार जनालाई पक्राउ गरेको छ ।

शनिबार काउन्सिलको प्रतिनिधि सहित खटिएको सीआईबीको टोलीले एक जना भारतीय डेन्टल डाक्टर, उनलाई सघाउने नेपाली डेन्टल डाक्टर, रिसेप्सनिष्ट र अस्पताल सञ्चालकलाई पक्राउ गरेको हो ।

काउन्सिल स्रोत अनुसार ओमकार डेन्टलले काउन्सिलमा अस्थायी दर्ता समेत नगरी भारतीय डाक्टरलाई प्राक्टिस गराउने गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा काउन्सिलले सीआईबीलाई अनुरोध गरेपछि टोलीले उनीहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताईएको छ ।

काउन्सिलको ऐनमा दर्ता विना प्राक्टिस गर्नेलाई ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । विदेशबाट आउने डाक्टरले पनि अस्थायी दर्ता नम्बर लिएर मात्रै नेपालमा प्राक्टिस गर्न पाउछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *