नेपालमा कोरोना खोपको दोस्रो मात्रा १२ लाख ८१ हजार २४० ले लगाए

काठमाडौँ, ८ असार । नेपालमा हालसम्म कोरोना खोपको दोस्रो मात्रा  अर्थात् पूर्ण मात्रा  १२ लाख ८१ हजार २ सय ४० जनाले लगाएका छन् । त्यसैगरी पहिलो मात्रा ३३ लाख ८ हजार ७ सय ३० जनाले लगाएका छन् ।

अहिलेसम्म नेपालमा भारत, चीन र अमेरिकाबाट कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप गरी ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । देशभर खोप अभियान कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । भने संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ । यस्तै संक्रमणबाट ९ हजार ६६१ जनाको निधन भएको छ । अहिले आइसीयूमा ६३५ र भेन्टिलेटरमा १७२ जना उपचाररत छन् ।

त्यसैगरी सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ । ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला काठमाडौँ , ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र नवलपरासी गरी १० वटा छन् भने २४ जिल्लामा २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *