चीनबाट ‘भेरोसेल’ बोकेर काठमाडौंका लागि उड्यो विमान

काठमाडौँ, ७ साउन । कोभिडविरुद्धको खोप भेरोसेल लिन गयराती बेइजि ङ पुगेको नेपाल एयरलायन्सको वाइडवडी विमान खोप बोकेर काठमाडौँका लागि उडेको छ । सो विमान दिउसो २ : ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

यसअघि स्वास्थ्यका अधिकारीहरुले खोप आज विहान ६ : ३० बजे तिरै काठमाडौँ आईपुग्ने बताएका थिए । तर विमान बेइजिङको स्थानीय समय अनुसार १० : ५२ मा उडेको छ । विमानमा ८ लाख भन्दा केही बढी डोज खोप ल्याइएको अधिकारीहरुले बताएका छन् ।

सरकारले गत महिना चीनको सिनोफार्म कम्पनीसंग ४० लाख डोज भेरोसेल खोप खरीद गर्ने सम्झौँता गरेको थियो । त्यसमध्येको ८ लाख डोज खोप गत २५ असारमै आइपुगेको छ । बाँकी ३२ लाख डोज खोप लिन नेपाल एयरलायन्सको विमानले आजको सहित शनिबारसम्म काठमाडौँ बेइजिङको ३ वटा उडान भर्नेछ ।

सरकारले असोजसम्म ३३ प्रतिशत जनतालाई र चैतसम्म ७२ प्रतिशत जनतालाई खोप लगाईसक्ने योजना बनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *