पाँच दिन भित्र चीनबाट कम्तिमा २४ लाख डोज भेरोसेल खोप आउने

काठमाडौँ, ५ साउन । अबको पाँच दिन भित्र चीनबाट कम्तिमा २४ लाख डोज भेरोसेल खोप आउने भएको छ । सरकारले गत महिना चिनियाँ कम्पनी सिनोफार्मसंग खरीद गरेको ४० लाख डोज मध्ये ३२ लाख डोज डोज खोप आउन बाँकी छ ।
स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार नेपाल एयरलायन्सको वाइडबडी विमान खोप लिनका लागि बुधबार देखि लगातार बेइजिङ, काठमाडौँको उडान भर्नेछ ।
‘बुधबार बेलुका जान्छ विहीबार फर्कन्छ । बिहीबार बेलुका जान्छ शुक्रबार फर्कन्छ । शनिबार जान्छ र आइतबार फर्कन्छ । विहीबार बिहीबार, शुक्रबार र आइतबार (२२, २३ र २५ तारिख)मा तीनवटा उडानमार्फत खोप आउँदैछ । त्यसमा कम्तिमा ८ लाखको दरले २४ लाख डोज त आउने नै छ । प्याकेजिङ थप मिल्यो भने बाँकी ३२ लाख नै पनि आउन सक्छ,’ स्रोतले भन्यो ।
यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोपबाट ५५ देखि माथिका सबै, शिक्षक प्राध्यापक, कर्मचारी, चालक सहचालक, विदेश जाने लगायतलाई खोप दिईएको थियो । अहिले अमेरिकाले कोभ्याक्स सुविधा अन्तरगत पठाएको जोनसन एण्ड जोनसन खोप चलाईदै छ ।
विभागले अबको साता दश दिन भित्र जापानले सहयोग घोषणा गरेको एस्ट्राजेनेका खोप पनि आउने बताएको छ । यो खोप आएपछि यसअघि पहिलो डोज कोभिसिल्ड खोप लगाई दोस्रो डोज लगाउन नपाएका व्यक्तिले पाउने विभागले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]