जोनसन एण्ड जोनसन र एस्ट्राजेनेकाको खोपलाई आपतकालीन प्रयोग अनुमति

काठमाडौं, ४ साउन । औषधि व्यवस्था विभागले कोभ्याक्स सुविधा मार्फत आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप र अक्सफोर्ड युनिभर्सिटीबाट विकसित भएको एस्ट्राजेनेका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिईएको बताएको छ । सोमबार सूचना जारी गर्दैै यी दुई खोपलाई १५ र १६ असार मै अनुमति दिएको उल्लेख गरेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट आएको १५ लाख बढी डोजको जोनसन एण्ड जोनसन खोप सरकारले आजबाट लगाउन सुरु गरेको छ । सोही सुविधा अन्तरगर्त जापानले पठाउने भनेको १६ लाख डोज एस्ट्राजेनेका खोप भने आउने क्रममा छ ।

एस्ट्राजेनेका खोप यसअघि नै पहिलो डोज कोभिसिल्ड लगाएका ६५ बर्ष माथिका जेष्ठ नागरिक सहितसहितका १३ लाख ६८ हजार बढी नागरिकलाई दोस्रो डोज दिने गरी योजना अघि बढेको बताएको छ ।

यसअघिका अन्य खोपहरुको आपतकालीन अनुमतिबारेमा विभागले सूचना जारी गर्ने गरेको भएपनि यी दुई खोपको बारेमा भने केही भनेको थिएन । विभाग नबोल्दा कतिपयले आजबाट सुरु भएको जोनसन एण्ड जोनसन खोपबारेमा शंका व्यक्त गरेका थिए ।

विभागका महानिर्देशक भरत भट्टराईले दुबै खोप विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि सुचिकृत गरिसकेको र नेपालमा पनि कोभिड १९ बिरुद्धको दुई साता अघि नै निर्णय भईसकेको बताए । उनले अनलाइनमा सूचना सार्वजनिक गरिएको छैन भन्ने थाहा पाएपछि सोमबार प्रकाशित गरिएको स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *