काठमाडौँमा १ लाख साढे १५ हजार बढीले लगाए भेरोसेलको पहिलो मात्रा

काठमाडौँ, १ साउन । पछिल्लो तीन दिनको अवधीमा काठमाडौँ जिल्लामा मात्रै १ लाख १५ हजार ७४१ जनाले कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार बिहीबार ( हिजो) मात्रै ५८ हजार ६२० जनाले सो खोप लिएका हुन् ।

यसअघि बुधबार ४३ हजार ४५८ जना र मंगलबार १३ हजार ६६३ जनाले भेरोसेलको पहिलो मात्रा लिएका लिएका थिए ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले विहीबार जिल्लामा तोकिएका ५० वटा खोप केन्द्रबाट भेरोसेल दिईएको बताए । खोप लिनका लागि केन्द्रहरुमा आम सर्वसाधारणको बाक्लो उपस्थिति देखिन्थ्यो ।

सरकारले चीनबाट खरीद गरी ल्याएको ८ लाख डोज भेरोसेल खोप ५५ बर्ष माथिका नागरिक, शिक्षक, कर्मचारी, प्राध्यापक, सवारी चालक, सहचालक लगायतका समूहलाई प्राथमिकता निर्धारण गरी दिन थालेको हो । यो अभियान २९ असार देखि नै सुरु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *