देशभर थप २६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौँ, ३१ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप ३३ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी १ हजार ७ सय ५७ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ जना गरी काठमाडौँ उपत्यकामा ५५३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ८ हजार २ सय ५६ जनाको पीसीआर बिधिबाट र ४ हजार ५ सय १२ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार १२जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल १२ हजार ७ सय ६८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ६०२ र भेन्टीलेटरमा १७१ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *