देशभर थप २६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

164
Shares

काठमाडौँ, ३१ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप ३३ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी १ हजार ७ सय ५७ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ जना गरी काठमाडौँ उपत्यकामा ५५३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ८ हजार २ सय ५६ जनाको पीसीआर बिधिबाट र ४ हजार ५ सय १२ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार १२जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल १२ हजार ७ सय ६८ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ६०२ र भेन्टीलेटरमा १७१ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *