स्वास्थ्यका तीनवटा ‘महत्वपूर्ण’ फाइल सदर गर्दै अर्थमन्त्री शर्माको पदवहाली

काठमाडौं, ३० असार । नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गएका तीनवटा ‘महत्वपूर्ण’ फाइल सदर गर्दै पदवहाली गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित पदवहाली कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले स्वास्थ्यबाट आएका तीनवटा फाइल स्विकृतिका लागि पेश गरेका थिए ।

पदवहाली लगत्तै शर्माले ती फाइलहरु सदर गरिदिएका थिए ।

स्वास्थ्यबाट अर्थमा गएको एउटा फाइल आइसीयू, एचडीयू र भेन्टिलेटर खरीद गरी भुक्तानीका लागि माग भएको ९६ करोड रुपैयाँ रकमान्तरका लागि सहमति दिने सम्वन्धी थियो ।

यस्तै प्रादेशिक तथा स्थानीय अस्पताललाई ५२ करोड ४२ लाख रुपैयाँको वित्तिय हस्तान्तर गर्ने सम्वन्धी अर्को फाइल पुगेको थियो । यसैगरी कोरोनाको बिरामीको निशुल्क उपचार गरेका सुचिकृत अस्पताललाई सोधभर्ना तथा स्वास्थ्यकर्मीहरुको जोखिम भत्ताका लागि ९३ करोड ६६ लाख रुपैयाँ निकासा गर्ने सम्वन्धी थियो । यी सबै फाइल स्विकृति भएको अर्थ मन्त्री शर्माको सचिवालयले जनाएको छ ।

शेरवहादुर देउवा नेतृत्वको सरकारको हिजो बसेको पहिलो बैठकले आगामी चैत महिनासम्म सबै नेपालीलाई खोप उपलव्ध गराउने, एक साता भित्र कोभिडविरुद्धका फ्रन्टलाइनरलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *