जापानबाट आउने भयो नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप

1.2k
Shares

काठमाडौँ, २९ असार । जापान सरकारले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । कोभ्याक्स सुविधा मार्फत जापानले सो परिमाणमा खोप दिन लागेको नेपालस्थित जापानी दुतावासले जनाएको छ ।

नेपालमा आउन लागेको अक्सफोर्डको एस्ट्राजेनेकाको यो खोप जापानमै उत्पादित खोप हो । र यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो । यो खोप आएपछि पहिलो डोज कोभिसिल्ड लगाएर दोस्रो डोज लगाउन नपाएका करीब १० लाख ६५ बर्ष माथिका जेष्ठ नागरिक सहित १३ लाख ६५ हजार बढीले खोप पाउने छन् ।

दुतावासका अनुसार यो खोप जुलाई मध्यदेखि अगस्ट अन्तिम सातासम्म आपूर्ति हुनेछ । जापानी राजदूत किकुता युताकाले नेपाल र जापानबीच लामो मैत्रीका रूपमा सहयोग घोषणा भएको जानकारी दिएका छन् ।

सोमबार मात्रै अमेरिकाले कोभ्याक्स सुविधामार्फत पठाएको १५ लाख डोज खोप आइपुगेको छ । त्यसअघि चीनले १८ लाख अनुदान र ८ लाख खरीद गरेको भेरोसेल खोप आइसकेको छ । भारतले पनि ११ लाख अनुदान र १० लाख खरीद गरेको खोप पठाइसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *