देशभर थप १८३१ जनामा कोरोना संक्रमण, १५३३ संक्रमणमुक्त

292
Shares

काठमाडौँ, २७ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप १ हजार ५ सय ३३ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

जसमध्ये काठमाडौँमा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना गरी काठमाडौँ उपत्यकामा ३९१ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले दिएको जानकारी अनुसार ५ हजार ५ सय ३५ जनाको पीसीआर बिधिबाट र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट गरी कुल ९ हजार २ सय १८ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल १ हजार ८ सय ३१ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज थप २० जना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको प्रबक्ता डा पौडेलले जानकारी गराए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *