नेपाललाई कोभिडविरुद्धको खोप उपलव्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई एआईएनको आग्रह

काठमाडौँ, २५ असार । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ नेपाल (एआईएन)ले कोभिडबिरुद्धको खोप तत्काल उपलव्ध गराउन अन्तर्राष्ट्रिय समुदायसंग अपिल गरेको छ ।

एआईएनका अध्यक्ष डा सुशील कोइरालाले हस्ताक्षर गर्दै एक अपिल जारी गरेका हुन् ।

नेपालमा साढे छ लाख बढी व्यक्ति संक्रमणमा परेको, करीव ९ हजार व्यक्तिको ज्यान गइसकेको र संक्रमणको जोखिम अहिले पनि कायम रहेको भन्दै अपिलमा तत्काल खोप उपलव्ध गराउन आग्रह गरिएको छ । अहिले पनि करीब २५ लाखले पहिलो डोज खोप लगाएको , दोस्रो डोज करीब ७ लाखले मात्रै पाएको भन्दै थप खोप उपलव्ध गराउन आग्रह गरिएको छ ।

नेपालमा अहिले पनि ६५ बर्षमाथिका करीब १० लाख सहित १३ लाख ६५ हजारले दोस्रो डोज खोप पाउन नसकेको भन्दै मानवीय रुपमा सहयोग गर्न अपिल गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *