भेरोसेल खोप लिन चीन जाँदै नेपाल एयरलायन्सको वाइडबडी विमान

काठमाडौं, २४ असार । सरकारले चीनबाट खरीद गरेको कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो खेप लिन नेपाल एयरलायन्सको वाइडबडी विमान आज बेइजिङ प्रस्थान गर्दैछ ।

नेपाल नागरीक उड्यन प्राधिकरणले दिउसो ३ : २५ बजे विमान बेइजिङ प्रस्थान गर्ने तालिका रहेको जनाएको छ । खोप लिएर विमान भोली विहान काठमाडौं आइपुग्ने बताइएको छ ।

सरकारले दुई साता अघि नै ‘नन् डिस्क्लोजेवन एग्रिमेन्ट’ गरी सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीदको सम्झौँता गरेको थियो ।

त्यसैको पहिलो खेप भोलि विहानसम्म आइपुग्ने बताइएको छ । पहिलो खेपमा कम्तिमा १० लाख डोज खोप आउने बताइएको छ ।तर यो परिमाण बढेर साढे १३ नै पुग्न सक्ने अनुमान पनि गरिएको छ ।

‘यसअघि ल्याएको भेरोसेल एक भाइलमा एक डोज थियो । यसपटक एक भाइलमा दुई डोज हुने ल्याउने तयारी भएको हो । त्यसो भयो भने एक खेपमा साढे १३ लाख बढी डोज खोप आउन सक्छ,’ स्वास्थ्यका एक अधिकारीले भने ।

नेपाल एयरलायन्सले पनि यसअघि तीन खेपमा ४० लाख डोज खोप ल्याउने तालिका सार्वजनिक गरेको थियो ।

्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *