राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा लामिछाने र रजिष्ट्रारमा थापा नियुक्त
काठमाडौँ, २२ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा रेक्टर र रजिष्ट्रार नियुक्त भएका छन्।
प्रतिष्ठानकी उपकुलपति प्राडा संगिता भण्डारीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार रेक्टर पदमा डा बसन्त लामिछाने र रजिष्ट्रार पदमा प्रकाश थापालाई नियुक्त गरेका हुन् ।
रेक्टरमा नियुक्त भएका डा लामिछाने प्रतिष्ठानमै कार्यरत चिकित्सक हुन् भने रजिष्ट्रारमा नियुक्त भएका थापा यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठामा प्रशासनमा कार्यरत थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]