भेरोसेलको पहिलो डोज लगाएका करीब ५ लाखले आजबाट दोस्रो डोज लगाउँदै

काठमाडौँ, २२ असार । कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाएका करीब ५ लाख व्यक्तिले आजबाट दोस्रो डोज लगाउने छन् । भेरोसेलको पहिलो डोज लगाएका चार हप्ता पुगेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई आजबाट दोस्रो डोज दिईदै छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले गत २५ जेठ यता पहिलो डोज खोप लगाएका करीब ४ लाख ८० हजार र त्यसअघि नै पहिलो डोज लिई दोस्रो डोज लिन छुटेका करीब २० हजार गरी करीब ५ लाखलाई दोस्रो डोज दिने तयारी भएको जनाएको छ ।

महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा झलक गौतमले दोस्रो डोज खोपका लागि ७७ जिल्लामा ३ हजार ८९७ वटा खोप केन्द्र तोकिएको बताए । उनले आज पहिलो दिन काठमाडौँ उपत्यकाका तीन सहित ४७ वटा जिल्लामा खोप सञ्चालन हुने जानकारी दिए ।

‘खोप र त्यससंग सम्वन्धित व्यवस्पनका कुरा सबै जिल्लामा पुगिसकेको छ । अब जिल्लाले स्थानीय तहसंग समन्वय गरी खोप सञ्चालन गर्नेछन् । आज उपत्यका सहित ४७ वटा जिल्लाले शुरु गर्दैछोँ भनेका छन् ,’ डा गौतमले बताए ।

गत १६ जेठमा चीन सरकारको सहयोगमा थप १० लाख डोज भेरोसेल खोप अनुदानमा प्राप्त भएको थियो । सो खोप २५ जेठ देखि पहिलो डोज दिईएको थियो । त्यसको दोस्रो डोज आजबाट शुरु गरिन लागिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *