गण्डकीको प्रदेश स्वास्थ्य निर्देशक बने खिमबहादुर खड्का

पोखरा, २१ असार । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा खिमबहादुर खड्का नियुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले खड्कालाई स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरको हो ।

खड्का हेल्थ इन्सपेक्सन समूहका ११ औँ तहका कर्मचारी हुन् । यसअघि उनी प्रदेश स्वास्थ्य तालिम केन्द्र र आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारीमा थिए ।

प्रदेश स्वास्थ्य निर्देशक रहेका डा. विनोदबिन्दु शर्मा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव भएर गएपछि उक्त पद रिक्त भएको थियो ।

निर्देशक खड्काले आजैबाट प्रदेश स्वास्थ्यको जिम्मेवारी सम्हालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *