नेपालमा कोरोना संक्रमण निको हुने दर ९४.६ प्रतिशत पुग्यो


काठमाडौँ, २१ असार । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमण निको हुने दर बढेको छ । स्वास्थ्य मन्त्तालयले सोमबार जारी गरेको बिबरण अनुसार देशभर कोरोना संक्रमण निको हुने दर ९४.६ प्रतिशत पुगेको  छ ।

पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप २ हजार २११ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । आज थप २३ जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा हालसम्म कुल ३३ लाख ७६ हजार ४१ पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ६ लाख ४६ हजार ३६७ जनामा र २ लाख ८ हजार २७६ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ लाख ८ हजार ९९४ जनामा कोरोना संक्रमण पोजेटिभ आएको छ जसमा ६ ला ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना बिरुद्धको खोप २६ लाख ११ हजार ८०७ जनामा पहिलो मात्रा र ७ लाख ५९ हजार ९५४ जनामा दोस्रो मात्रा लगाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *