नेपालमा कोरोना संक्रमण निको हुने दर ९४.६ प्रतिशत पुग्यो

112
Shares


काठमाडौँ, २१ असार । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमण निको हुने दर बढेको छ । स्वास्थ्य मन्त्तालयले सोमबार जारी गरेको बिबरण अनुसार देशभर कोरोना संक्रमण निको हुने दर ९४.६ प्रतिशत पुगेको  छ ।

पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप २ हजार २११ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । आज थप २३ जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा हालसम्म कुल ३३ लाख ७६ हजार ४१ पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ६ लाख ४६ हजार ३६७ जनामा र २ लाख ८ हजार २७६ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ लाख ८ हजार ९९४ जनामा कोरोना संक्रमण पोजेटिभ आएको छ जसमा ६ ला ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना बिरुद्धको खोप २६ लाख ११ हजार ८०७ जनामा पहिलो मात्रा र ७ लाख ५९ हजार ९५४ जनामा दोस्रो मात्रा लगाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *