भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

52
Shares


नयाँ दिल्ली, २१ असार । भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । गत जुून २९ बाट यहाँ ४० हजार भन्दा कम व्यक्तिमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ५ लाख ८५ हजार २२९ पुगेको सो मन्त्रालयले जनाइएको छ ।

यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ७४३ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या चार लाख २ हजार ७२८ पुगेको छ । हाल भारतमा चार लाख ८२ हजार ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गत २४ घण्टाको समय अवघिमा ४२ हजार ३५२ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९७ लाख ४३० कोरोना भाइरस मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म यहाँ ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ४१ करोड ९७ लाख ७७ हजार ४५७ व्यक्ति लाई कोरोना भाइरस परिक्षण गरिएको पनि सरकारी स्रोतले जानकारी दिएको छ ।

सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *