दश बुँदे घोषणा पत्र जारी गर्दै सकियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ राष्ट्रिय सम्मेलन

काठमाडौँ, १८ असार । दश बुँदे घोषणा पत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौँ राष्ट्रिय शिखर सम्मेलन सम्पन्न भएको छ । कोभिड महामारीका बीच पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले बार्षिक रुपमा गर्दै आएको शिखर सम्मेलनलाई यसपटक पनि निरन्तरता दिएको थियो । कोभिड – १९ को जोखिमका कारण दुई दिने सम्मेलन भर्च्युअल रुपमा गरिएको थियो ।

सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धानमुलक कार्यहरुको प्रस्तुति दिएका थिए । यस्तै १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति थियो ।

सम्मेलनको पहिलो दिन हिजो कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्वन्धी आमन्त्रित विज्ञहरु र प्रस्तुत कर्ताहरुको प्रस्तुति थियो । दोस्रो दिन आज स्वास्थ्य तथा तथा जनसंख्यका विभिन्न ६ वटा विधाहरुमा प्रस्तुति थियो । जसमा मातृ तथा नवजात शिशु, बाल स्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वनात्मक अनुसन्धान, संक्रामक रोगहरु पोषण मानसिक स्वास्थ्य र दुव्र्यसन, बाताबरणीय स्वास्थ्य , औषधिजन्य र बायोमेडिकल अनुसन्धान लगायतका विषयमा प्रस्तुतिकरण भएका थिए ।

यसैबीच सम्मेलन समापन समारोहका प्रमुख अतिथि बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालको स्वास्थ्य क्षेत्रलाई थप सुध्रिड गराउनका लागि अनुसन्धानको खाँचो रहेको बताए । उनले यस्तो खालको सम्मेलनबाट नयाँ नयाँ खोज अनुसन्धानका लागि उत्प्रेरणा जाग्ने भन्दै युवा बैज्ञानिकहरुलाई थप अनुसन्धानमा लाग्न आग्रह गरे ।  ‘एउटा कामलाई फरक ढंगले गर्नुहोस त्यसमा अनुसन्धान जोडिएको हुन्छ । तर उही कामलाई उही तरिकाले बर्षौ गर्नुहोस त्यो अनुसन्धान होइन रिपिटेसन हो ,’उनले भने ।

परिषदका अध्यक्ष प्राडा गेहनाथ बरालले अनुसन्धान गर्नका लागि कहिल्यै ढिला हुँदैन भन्दै स्वास्थ्य क्षेत्रमा यसखालको सम्मेलनमा नेपालको स्वास्थ्य नीतिमा सुधार गर्न तथा अध्ययन अनुसन्धानमा थप टेवा पुग्ने बताए ।

परिषदका उपाध्यक्ष प्राडा गौरबराज ढकालले अनुसन्धान विनाको स्वास्थ्य कल्पना गर्न नसकिने भन्दै नयाँ नयाँ अनुसन्धानमा केन्द्रीत हुन अनुसन्धानकर्ताहरलाई आव्हान गरे । उनले महामारीले प्रतिकुल बनेको अवस्थामा पनि अनुसन्धानले निरन्तरता पाएको भन्ने सम्मेलनमा आएका नयाँ नयाँ प्रतिवेदनले देखाएको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले सम्मेलनले पारित गरेको १० बुँदे घोषणा पत्र प्रस्तुत गरेका थिए । उनले कोभिड – १९ महामारीका कारणले जीवनका हरेक कदमहरुलाई प्रभाव पारेको र यसलाई बैज्ञानिक अनुसन्धानद्धारा तथ्यहरुमा आधारित नीति एवं अभ्यासहरुका सम्वोधन गर्नसकिने बताए । उनले सम्मेलन सफल बनाउन भूमिका खेल्ने अनुसन्धानकर्ता, परिषदका आफ्ना सहकर्मी तथा अन्य सरोकारवालालाई धन्यवाद दिए ।

यस्तो छ स्वास्थ्य १० बुँदे घोषणा पत्र

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *