पछिल्लो २४ घण्टामा थपिए २२९९ जना कोरोना संक्रमित, ३४५१ जना डिस्चार्ज


काठमाडौँ, १८ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार २ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ३ हजार ४ सय ५१ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ६ हजार ५ सय ६६ जनाको पीसीआर बिधिबाट र ४ हजार ३० जनाको एन्टीजेन विधिबाट गरी कुल १० हजार ५ सय ९६ जनाको कोभिड९१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार २ सय ९९ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३१६ ,भक्तपुरमा ३४ र ललितपुरमा ७८ जना गरी काठमाडौँ उपत्यकामा ४२७ जना थपिएका छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ६३२ र भेन्टीलेटर १८१ जना उपचाररत छन् ।

त्यसैगरी आज थप ३४  जनाको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *