स्वास्थ्यका सहसचिव दामोदर रेग्मी सचिवमा बढुवा
काठमाडौँ, १७ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव दामोदर रेग्मी सचिवमा बढुवा भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले लोक सेवाको सिफारिसमा परेका रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको हो ।
बैठकले अरु तीन जना सहसचिवलाई पनि सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
बढुवामा पर्नेहरुमा बन सेवा तर्फका सहसचिव कृष्णप्रसाद आचार्य, इन्जिनियरिङ सेवातर्फको सचिवमा सहसचिव प्रमिला बज्राचार्य र प्रशासन तर्फका गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]