चिकित्सा शास्त्रका ५२८ जना विद्यार्थीको छात्रबृत्ति बापतको ३७ करोड रकम निकासा

काठमाडौँ, १७ असार । चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्र तर्फको स्नातक तहमा विभिन्न विषय पढाउने ११ वटा सरकारी शिक्षण संस्थालाई छात्रबृत्ति बापतको रकम उपलव्ध गराएको छ ।

आयोगले चिकित्साशास्त्र तर्फ अध्ययन गर्ने कुल ५२८ जना विद्यार्थीलाई छात्रबृत्तिमा अध्ययन गराउने ११ वटा सरकारी शिक्षण संस्थालाई दोस्रो किस्ता बापतको ३७ करोड रकम निकासा गरेको हो ।

आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले तीन किस्तामा तिर्नुपर्ने रकम मध्ये अहिले दोस्रो किस्ताको रकम निकासा गरिएको बताए । उनले एमबीबीएस तर्फ अन्तिम किस्ता बापतको करीब १३ लाख रुपैयाँ तिर्न बाँकी रहेको बताए ।

अहिले सरकारी शिक्षण संस्थामा एमबीबीएस, बीडीएस, बीएमएमएस, विएस्सी नर्सिङ लगायतका विभिन्न विधाका लागि दिइएको सिटमध्ये ७५ प्रतिशत छात्रबृत्तिको रुपमा निशुल्क हुनुपर्छ ।

चिकित्सा क्याम्पस महाराजगञ्ज, नर्सिङ क्याम्पस महाराजगञ्ज, आयुर्वेद कलेज कीर्तिपुर, आयुर्वेद कलेज दाङ, नर्सिङ क्याम्पसहरु पोखरा, बीरगञ्ज र नेपालगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका शिक्षण संस्थामा ७५ प्रतिशत सिट छात्रबत्तिका लागि छुट्याउने गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *