चीनबाट खरीद गरिएको दश लाख डोज भेरोसेल खोप यहि साता आउँदै

काठमाडौँ, १६ असार । नेपालमा यसै साताभित्र १० लाख डोज कोभिडबिरुद्धको खोप आउने भएको छ । सरकारले चीनको सिनोफार्मबाट उत्पादित कोभिडबिरुद्धको खोप भेरोसेल खोप खरीद गरी ल्याउने भएको हो । यसअघि चीनले नेपाललाई दुईपटक गरी १८ लाख डोज भेरोसेल अनुदान सहयोगमा दिएको थियो ।

स्वास्थ्य मन्त्रायल स्रोतका अनुसार अहिले चीनबाट करीव ५० लाख डोज खोपको खरीद सहमति भएको छ । त्यसैको पहिलो लट १० लाख डोज खोप यहि साता आउन लागेको हो । खोप खरीदको सबै प्रक्रिया गोप्य राखिएको छ । चिनियाँ पक्षले नन् यसअघि नै खरीद प्रक्रिया गोप्य राख्नुपर्ने सर्त अघि सारेको थियो । सरकारले सोही अनुसार नन् डिस्क्लोजेवल एग्रीमेन्ट (एनडीए) गरी खोप खरीदको प्रक्रिया अघि बढाएको हो ।

‘हाम्रा लागि अहिले मूल्य भन्दा पनि खोप जजुरत भयो । चिनियाँ पक्षले एनडीए नगरी खरीद प्रक्रिया अघि नबढ्ने बतायो । यो प्रक्रिया अश्वभाविक पनि होइन । अन्तराष्र्टिय प्राक्टिसमा चलि आएको प्रक्रिया हो । त्यसैले हामीले खोप खरीदको प्रक्रिया अघि बढायौँ,’ मन्त्रालयका उच्च अधिकारीले भने ।

खोप आउने टुंगो भएपछि आज मन्त्रालयका अधिकारीहरुले खोप लिन जानका लागि जहाज कहिले पठाउने भन्ने विषयमा छलफल गर्दै छन् । ‘एक दुई दिन भित्रैमा जहाज पठाउन सकियो भने । पहिलो लट खोप एक दुई दिन भित्रै पनि आउन सक्छ । त्यसपछि क्रमश आउने हो,’ ती अधिकारीले भने ।

चिनियाँ खोप भेरोसेल सुरुमा १८ देखि ५९ बर्ष उमेर समूहलाई चलाइइएको भएपनि अहिले १८ बर्ष माथिका सबै उमेर समूहलाई चलाउन थालिएको छ । नेपालमा १७ बर्ष माथिका जनसंख्य ७२ प्रतिशत छ । यी सबैलाई खोप दिने सरकारको योजना छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप दिने योजना रहेको यसअघि नै बताइसकेका छन् । पछिल्लो समय भारतले खोप निर्यातमा प्रतिवन्ध लगाएपछि नेपालको खोप भरोसामा चीन अगाडी आएको छ ।

भारतले सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिडबिरुद्धको खोप कोभिसिल्ड १० लाख अनुदानमा र सिरमसंग खरीद गरिएको २० लाख मध्ये १० लाख खोप आएको छ । खरीद गरिसकेको बाँकी १० लाख खोप भने अहिलेसम्म पठाएको छैन् । कोभिसिल्ड खोप नआउँदा ६५ बर्ष माथिका साढे ९ लाख सहित अन्य गरी १३ लाख ६५ हजार व्यक्तिले दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।

त्यसो त कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप कोभ्याक्स सुविधा अन्तरगर्त पनि आउने बताइएको थियो । त्यसको पहिलो लट ३ लाख ४८ हजार डोज खोप कोभिसिल्ड शुरुमा आएपनि बाँकी खोप आएको छैन् । कोभ्याक्सले ६० लाख जनताका लागि पुग्नेगरी १ करोड २० लाख डोज भन्दा बढी पठाउने बताएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *