भारतमा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ४० हजार भन्दा कम

124
Shares


नयाँदिल्ली, १५ असार । गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२ दिनयता कै सवभन्दा कम हो । चालीस हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमण भएको १०२ पछि यो पहिलो पटक हो ।

भारतमा हिजो कोरोना सङ्क्रमणबाट ९०७ व्यक्तिको मृत्यु भएको छ । करिब ७० दिनपछि भारतमा गत दई दिनयतादेखि एक हजार भन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ ।

हाल भारतमा पाँच लाख ५२ हजार ६५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ६६ हजार ६०१ व्यक्ति कोरोना मुक्त भएका छन् । यहाँ कोरोना भाइरस मुक्ति दर ९६.८७ प्रतिशत रहेको छ ।

यहाँ गत जनवरी १६ बाट कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ३२ करोड ९० लाख २९ हजार ५१० डोप कोरोना विरुद्धको खोप लागाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *