टेकु अस्पतालको निर्देशक बने डा. अनुप बास्तोला, तालिम केन्द्रमा डा. घिमिरे

काठमाडौँ, १४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा अनुप बास्तोलालाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी दिएको छ । त्यहाँका निर्देशक डा सागरकुमार राजभण्डारी आजबाट अनिवार्य अवकासमा गएपछि भोलिबाट जिम्मेवारी सम्हाल्ने गरी डा बास्तोलालाई टेकु अस्पतालको जिम्मेवारी दिइएको हो ।
स्वास्थ्य मन्त्री कृष्ण गोपाल श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै बास्तोलालाई निर्देशक बनाउने निर्णय गरेको मन्त्रालयका सहसचिव दामोदर रेग्मीले पुष्टि गरे ।

यस्तै मन्त्री श्रेष्ठले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशकको जिम्मेवारी डा. यदुचन्द्र घिमिरेलाई दिएका छन् । त्यहाँका निर्देशक मोहम्मद दाउदले आजबाट अनिवार्य अवकाश पाउने भएपछि भोलिबाट काम काज गर्ने गरी घिमिरेलाई सो जिम्मेवारी दिएको सहसचिव रेग्मीले बताए ।

डा घिमिरे यसअघि हेटौडास्थित किटजन्य रोग नियन्त्रण प्रयोगशालामा थिए । उनको स्थानमा भर्खरै बढुवा भएका गणेश पण्डितलाई पठाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *