स्वास्थ्यकर्मीको स्तरबृद्धिका लागि कासमू विवरण पठाउन विभागको निर्देशन
काठमाडौँ, १४ असार । स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीहरुको कार्य सम्पादन मूल्यांकन विवरण तत्काल पठाउन तीनवटै तहलाई निर्देशन दिएको छ ।
विभागले २०७८ असार मसान्तसम्म स्तरबृद्धिका लागि योग्यता पुरा भएका स्वास्थ्यकर्मीहरुको लागि कार्य सम्पादन मूल्यांकन फारम पेश गर्न संघ अन्तरगर्तका सबै कार्यालयहरु, प्रदेश अन्तरगर्तका सबै कार्यालयहरु र स्थानीय तहका सबै कार्यालयहरुलाई भनेको हो ।
विवरण प्राप्त गरेपछि विभागले कासमूको आधारमा स्तरबृद्धिको प्रक्रिया अघि बढाउने छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




